जनता समाजवादी पार्टी दर्ताका लागि निर्वाचन आयोगमा जाने तयारीमा

काठमाडौं– जनता समाजवादी पार्टी नेपाल आफ्नो पार्टी दर्ता गर्न सोमबार निर्वाचन आयोगमा जान तयारी गरेको छ ।

पार्टीलाई बलियो बनाई अगाडि बढ्ने उद्देश्यका साथ पार्टीमा रहेका ३२ जना केन्द्रीय सदस्य सहित कार्यकर्ताहरुलाई गोदावरीस्थित गोदावरी भिलेज रिसोर्टमा प्रशिक्षण दिइएको जनता समाजवादी पार्टी नेपालका नेता प्रमोद शाहले बताउनु भयो । पार्टीलाई थप मजबुत बनाई नयाँ सोचका साथ अगाडि बढ्ने लक्ष्यका साथ कानुनी विज्ञहरुको समेत सहभागितामा प्रशिक्षण दिइने समेत जानकारी दिनु भयो ।

यसैबीच सोही पार्टीको महन्थ ठाकुर पक्षले निर्वाचन आयोगमा सोमबार गराइने केन्द्रीय सदस्यहरुको सनाखत रोक्न माग गर्दै दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । तर यही १५ गते दुवै पक्ष राखेर छलफल गराउने आदेश न्यायाधीश कुमार रेग्मीको इजलासले दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्