संसदीय समितिमा माधव नेपाल र नारदमुनीबीच चर्काचर्की

काठमाडौं– प्रतिनिधि सभा पुनःस्थापना र सरकार गठनका विषयमा संसदीय समितिमा सांसदहरुबीच चर्काचर्की भएको छ ।

सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा नेकपा एमालेका अध्यक्ष केपी ओली पक्षका सांसद नारदमुनि रानाले अहिलेको संसद र सरकार परमादेशले बनाएको भनेपछि सांसदहरुबीच चर्चाचर्की परेको हो । सांसद रानाको अभिव्यक्तिपछि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षका सांसद आक्रोशित बनेका थिए । एमाले वरिष्ठ नेता माधव नेपालले प्रतिगमनको पक्ष लिने व्यक्ति समितिमा बस्न लायक नभएको भन्दै आक्रोश व्यक्त गर्नुभयो । अन्य सांसदहरुले प्रतिनिधिसभा जनमतले बनाएको भन्दै अमर्यादित कुरा नबोल्न चेतावनी दिए ।

सांसदहरूले रानालाई बैठकबाट निकाल्न सभापति पवित्रा निरौलाको ध्यानाकर्षण गराएका थिए । बैठकमा सभापति निरौलाले समिति कुनै राजनीतिक पार्टीको बैठकस्थल नभएकोले समितिले दिएको विषयमा केन्द्रित हुन आग्रह गर्नुभयो ।

त्यसअघि बैठकमा एमालेका वरिष्ठ नेता नेपालले प्रतिनिधि सभालाई दोस्रो पटक पुनःस्थापना गर्न सहयोग गर्ने सबै पक्षप्रति आभार व्यक्त गर्नुभयो । उहाले संसदलाई प्रभावकारी बनाएर लैजानुपर्ने धारणा राख्नुभयो ।

समिति सभापति निरौलाले समितिको काम कारवाहीलाइ प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्