काठमाडौं उपत्यकामा निषेधाज्ञा बारे निर्णय गर्न सीडीओहरुको बैठक बस्दै

File Photo

काठमाडौँ – काठमाडौं उपत्यकामा निषेधाज्ञा थप्ने/नथप्नेबारे निर्णय गर्न बैठक बस्ने भएको छ ।

यसबारे निर्णय गर्न उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारीहरूको आइतबार अपराह्न ४ बजे बैठक बस्न लागेको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार काठमाडौंमा निषेधाज्ञा थप्ने गरी छलफल गर्ने तयारी छ । साबिकका केही निर्णयहरू परिवर्तन गरी निषेधाज्ञा लम्ब्याउन लागेको उनले बताए ।

साउन १ गतेबाट थपिएको निषेधाज्ञा आज सकिँदैछ । अहिले जारी निषेधाज्ञामा सबै प्रकारका सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब लगायत मानिसहरू भिडभाड हुने कार्यक्रमहरू सञ्चालन गराउन अनुमति दिएको छैन । त्यस्तै खुला सुथानमा मानिसहरू भेला जम्मा हुन, भिडभाड गर्न, सभा जुलुस, जात्रा, महोत्सव, भोज गर्न पाइन्न । शैक्षिक संस्थाहरू पनि अहिले भौतिक उपस्थितिमा पठनपाठन गर्न अनुमति दिइएको छैन । स्थानीय ढुवानी बिहान ९ देखि ११ बजेसम्म र अपरान्ह ४ देखि ७ बजेसम्म सञ्चालन गर्न पाइने छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्