सांसदहरुले फ्लोर क्रस गरे, प्रेम आले लगायत ‌ओली पक्षिय ८ सांसद विश्वासको मत दिने लाइनमा

काठमाडौँ – काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने क्रममा प्रतिनिधिसभामा फ्लोर क्रस भएको छ । एमालेको माधव कुमार नेपाल पक्षका सांसदहरुले फ्लोर क्रस गरेका हुन् ।

यस्तै केपी ओली पक्षका प्रेम आले पनि देउवालाई विश्वासकोमत दिने लाइनमा देखिएका छन् । आले सहित हिरा केसी, पार्वती विसुंखे, कलिला खातुन, विनादेवी बुढाथोकी, धनबहादुर बुढा, समिमा हुसेन, किसान श्रेष्ठले शेरबहादुर देउवालाई मत दिएका हुन्। यी सबै यसअघि ओली पक्षमा सांसद हुन्। उनीहरुले देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपति कार्यालय र सर्वोच्चको रिटमा हस्ताक्षर गरेका थिएनन्।

यस्तै नेपाल पनि देउवालाई विश्वासको मत दिने लाइनमै छन् । नेपाल पक्षका सांसद मेटमणि चौधरीले २३ सांसदले विश्वासको मत दिन लागेको दावी गरे । यसअघि केही नेपाल पक्षीय सांसद भोट नहाल्ने भन्दै बाहिरिएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्