सवारी दुर्घटनामा नायिका महिमा सिलवाल र उनकी बहिनीको मृत्यु

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

पृथ्वी राजमार्गको गजुरी नजिकै भएको सवारी दुर्घटनामा नायिका महिमा सिलवाल र उनकी बहिनीको मृत्यु भएको छ । धादिङको गजुरी गाउँपालिका-२, चाम्बासमा बुधवार साँझ नायिका सिलवाल र उनकी बहिनी शर्मिला चढेको स्कुटरलाई बसले ठक्कर दिंदा भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

भैरहवाबाट काठमाडौं तर्फ आउँदै गरेको लु २ ख १३५ नम्बरको बस र सिलवाल दिदीबहिनी चढेको बा ९८ प ७०५८ नम्बरको स्कुटर गजुरी र मलेखु बीचमा पर्ने चाम्बासमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा गम्भिर घाइते भएकी महिमाको प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा र शर्मिलाको राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्