चीनबाट नेपाल ल्याउन लागिएका नेपालीहरूको लागि स्वास्थ्य सेवा उपलब्ध गराउने सम्पूर्ण तयारी पूरा

चीनबाट नेपाल ल्याउन लागिएका नेपालीहरूको लागि स्वास्थ्य सेवा उपलब्ध गराउने सम्पूर्ण तयारी पूरा भएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा ८६ जना स्वास्थ्यकर्मीलाई तालिम दिइसकेको जानकारी दिदै नेपाल आउने नेपालीहरूलाई विमानस्थलदेखि यातायातका साधानमा लगिने छ । क्वारेनटाइनमा समेत पाँचवटा स्वास्थ्य डेष्क रहने र क्वारेनटाइनमा बसेकाहरुलाई रुघाखोकी, ज्वरोको लक्षण देखिनासाथ स्वास्थ्य डेष्कमा सम्पर्क गरिनेछ । उनीहरुलाई १४ दिनदेखि १८ दिनसम्म आफन्तसंग भेटघाट गर्न दिइने छैन । रुघाखोकी, ज्वरो आएका व्यक्तिलाई तत्काल एम्बुलेन्स मार्फत आइसोलेसन भएका अस्पतालमा ल्याइने छ । क्वारेनटाइनमा एम्बुलेन्सको व्यवस्था गरिएको हुन्छ ।
क्वारेनटाइनमा बस्ने नेपालीलाई ६० कोठाको व्यवस्था गर्ने , उचित दुरीको फरकमा सामुहिक बसोबास गर्नुपर्ने हुन्छ । छ जनाले एक शौचालयको प्रयोग गर्न सक्ने व्यवस्था गरिएको छ । क्वारेनटाइनमा रहँदा चीनबाट आउने नेपालीको सहजता र आरामलाई सकेसम्म व्यवस्थित गर्ने जनाइएको छ । क्वारेनटाइनमा रहने नेपालीहरुले दुतावासले दिएको हरेक नियम पालना गर्नुपर्ने भन्दै खाना सम्बन्धी , बाथरुम प्रयोग र समय लगायतको नियम पालना गर्नुपर्ने छ । उनीहरुलाई दुतावासले शर्तनामामा हस्ताक्षर गर्न लगाएर मात्र नेपाल फर्काउनेछ

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्