काठमाडौँ–तराई–मधेस द्रुतमार्गको सुरुङमार्ग र हाइब्रिज निर्माणका लागि चिनियाँ टोली नेपाल आइपुगे

निर्माणाधीन काठमाडौँ–तराई/मधेस द्रुतमार्गको सुरुङमार्ग र मोटरेबल पुल (हाइब्रिज)को डिजाइन तयार गर्न चिनियाँ निर्माण कम्पनीको प्राविधिक टोली नेपाल आइपुगेको छ । द्रुतमार्ग निर्माण व्यवस्थापनको जिम्मा पाएका नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौड्यालले द्रुतमार्गको धेद्रे–लेनडाँडा खण्डमा सुरुङमार्ग र हाइब्रिज निर्माणको ठेक्का पाएको चीनको पोली च्याङ्दा इन्जिनियरिङ कम्पनी लिमिटेडका परियोजना प्रबन्धकसहितको १४ जनाको प्राविधिक टोली काठमाडौँ आइपुगेको जानकारी दिए ।

सेनाको समन्वयमा चीनको ग्वान्जाओबाट चार्टर्ड उडानमार्फत सो विशेषज्ञ टोली काठमाडौँ आइपुगेको हो । उनका अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले लागू गरेको स्वास्थ्य मापदण्ड पालना गरी प्राविधिक टोली क्वारेन्टाइनमा बस्ने छ र कोरोना परीक्षण गरी पीसीआर रिपोर्ट निगेटिभ आएपछि मात्र टोली कार्य क्षेत्रतर्फ पस्थान गर्नेछ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्