हात्ती छेक्न लगाइएको करेन्टमा परी महिलाको मृत्यु

झापा – जङ्गली हात्ती छेक्न खेतमा लगाइएको करेन्ट लागेर बुद्धशान्ति गाउँपालिका ३ की ४८ बर्षीया विष्णुमाया बास्कोटाको मृत्यु भएको छ । आज बिहान ५ बजे घर नजिकै आफ्नै खेतमा लगाइएको विजुलीको नाङगो तारमा करेन्ट लाग्दा उहाँ घाइते हुनुभएको थियो । घाइते बास्कोटाको उपचारको क्रममा विर्तामोडस्थित विर्तासिटी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
जिल्लामा हात्ती धपाउन लगाइएको विजुलीको तारबाट करेन्ट लागेर यस अघि चारजनाको मृत्यु भएको छ । जसमध्ये दुई जना बुद्धशान्ति गाउँपालिकाकै रहेको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।

रासस

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्