अमेरीकाबाट भट्टको पहल : दार्चुलाका स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं –दार्चुलाको शैल्यशिखर नगरपालिका ३, लुइटा घर भइ हाल संयुक्त राज्य अमेरिकाको टेक्ससमा बस्दै आउनुभएका गोकुलेश्वर बहुमुखी क्याम्पसका पूर्व प्राध्यापक जीवानन्द भट्टको पहलमा संकलन भएको रकमबाट खरिद गरिएको स्वास्थ्य सामग्री दार्चुलाका स्वास्थ्य संस्थालाई हस्तान्तरण गरिएको छ ।
गोकुलेश्वर अस्पताल, देथला स्वास्थ्य चौकी र लेकम गाउँपालिकाको रातामाटा कोभिड अस्पतालको लागि खरिद गरिएको उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो । उपहार खबरका प्रबन्ध निर्देशक तथा सञ्चारकर्मी रामदत्त मिश्रले उक्त सामाग्री अस्पतालमा ल्याई हस्तान्तरण गर्नुभएको हो ।

दार्चुलाको शैल्यशिखर नगरपालिका ९, मा रहेको गोकुलेश्वर अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. नेयाज अन्सारी र देथला स्वास्थ्य चौकीका प्रमुख लोकेन्द्रबहादुर चन्दलाई उक्त सामाग्री हस्तान्तरण गरिएको हो । यसैगरी लेकमको रातामाटाको सामाग्री भोलि हस्तान्तरण हुनेछ । हस्तान्तरण कार्यक्रममा सञ्चारकर्मी डम्बर मिश्र र जिज्ञाशु खत्रीको समेत उपस्थिति रहेको थियोे ।
स्वास्थ्य सामाग्रीमा अक्सिजन कन्सनट्रेटर, अक्सिमिटर, अक्सिजन फ्लो मिटर, बिपी सेट, पीपीई सेट, थर्मल गन, सर्जिकल ग्लोबस्, डिस्पोजेवल ग्लोबस्, सर्जिकल मास्क, टेबल पंखा, स्यानिटाईजर, स्ट्रेचर, फेस सिल्ड, डस्टबीन, डस्टविन झोला, पानी बोतल रहेका थिए । सामाग्री ढुवानीमा एम्बुलेन्स गोकुलेश्वर अस्पतालले निशुल्क रूपमा उपलब्ध गराएको थियो ।
अमेरिकामा बस्दै आएका पूर्व प्राध्यापक भट्टले एकसाता अघि  २ लाख ५४ हजार ४९ रुपैयाँ आर्थिक सहयोग संकलन गरि स्वास्थ्य सामग्री उपलब्ध गराउन नेपाल पठाएका थिए ।

जसमा शैल्यशिखर नगरपालिकाको लुइटा घर भई हाल अमेरीका बस्दै आएका लोकेन्द्र चन्द, दार्चुला लेकम गाउँपालिका, रिठाचौपाता घर भई हाल अमेरीकाको टेक्सासमा बस्दै आएका महेश विष्ट,  बैतडीको डिलासैनी गाउँपालिकाको कोइराली घर भई हाल अमेरीका बस्दै आएका हेम भट्ट, शैल्यशिखर नगरपालिका, नायल घर भई हाल अमेरीकाको टेक्ससमा बस्दै आउनुभएका अम्बादत्त विष्टले सहयोग गरेका थिए । यसैगरी  दार्चुलाको शैल्यशिखर नगरपालिका घर भई अमेरीकामा बसोबास गर्ने हरिशचन्द्र हमाल ( शहिद रामचन्द्र हमाल प्रतिष्ठान, दार्चुला ), टीकापुर कैलाली घर भई अमेरीका बस्दै आएका शमशेर साँउद, बेल्डाँडी, कञ्चनपुर घर भई हाल टेक्ससमा बस्दै आएका लक्ष्मण जोशी, अमेरीकामा बस्दै आएका गड्डाचौकी, कञ्चनपुरका अनिल प्रसाद विष्ट र शैल्यशिखर नगरपालिका, बोहरीगाउँ घर भई टेक्ससमै बस्दै आएका पल्लभ जोशीले सहयोग गरेका थिए ।

यस्तै शैल्यशिखर नगरपालिका, लुइटा दार्चुला (डोटी) घर भई हाल टेक्सस बस्दै आएका रेखा चन्द शाह, अमेरीकाबाट हशनपुर, कैलालीका रोशन भट्ट, मालिकार्जुन गाउँपालिका घर भई अमेरीका बस्दै आएका खीम धामी, बैतडी घर भई टेक्सस बस्दै आएका गुन्जन भण्डारी तथा हाल दक्षिण कोरियामा रहेका दार्चुलाको लेकम गाउँपालिका१, सर्मोलीका प्रेम विष्टले सहयोग गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्