पछिल्लो २४ घण्टामा पाँच हजार १५३ थपिए, छ हजार ५७० कोरोनामुक्त, १०८ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५१५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमितभन्दा निको हुने दर बढेसँगै सक्रिय संक्रमितको संख्या ८२ हजार ७३६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमितमध्ये ७६ हजार ५५० जना होम आइसोलेसनमा, ६ हजार १८६ जना संस्थागत आइसोलेशनमा, १ हजार ३२१ जना आईसीयूमा र ३७२ जना भेन्टिलेटरमा रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित पाँच लाख ९५ हजार ३६४ पुगेको छ । सोही अबधिमा पाँच हजार ६११ जनाको एन्टीजेन परीक्षण गर्दा एक हजार २८३ को रिपोर्ट पोजेटिभ आएको छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा छ हजार ५७० सङ्क्रमित कोरोनामुक्त भएको उल्लेख गरेको छ । हालसम्म नेपालमा पाँच लाख चार हजार ५३० जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । निको हुने दर ८४.७ प्रतिशत पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १०८ जना सङ्क्रमितको मृत्यु भएको छ । कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या आठ हजार नाघेको छ । हालसम्म आठ हजार ९८ जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।  नेपालमा मृत्यु हुने दर १.६ प्रतिशत रहेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्