समाजसेवी श्रेष्ठले पोखरामा गरे खाद्यान्न वितरण

पोखरा – समाजसेवी रवीन श्रेष्ठले असाहय व्यक्तिहरूलाई खाद्यान्न वितरण गरेका छन् ।

कोरोना भाइरसको महामारीले देश बन्दा बन्दी भएका बेला पोखरामा अलपत्र परेका असाहय व्यक्तिहरूलाई समाजसेवी श्रेष्ठले राहत स्वरूप खाद्यान्न वितरण गरेका हुन् । खाद्यन्न वितरण गर्दा निकै खुसि भएको श्रेष्ठले बताए । उनले खाद्यान्न वितरण गर्न सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिए । राहत पाएपछि ती व्यक्तिहरू निकै खुसि भएका थिए ।

जापानमा बस्दै आएका श्रेष्ठ बेलाबेलामा नेपालमा समस्यामा परेका व्यक्तिहरूलाई आर्थिक सहयोग गर्दै आएका छन् । मानव सेवा नै धर्म होु भन्ने मान्यताका धनी श्रेष्ठ विगत लामो समयदेखि समाजसेवामा निरन्तर लागिरहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्