अस्पतालका शय्या हुन थाले खाली

बाँके – पछिल्लो समय नेपालगञ्जसहित जिल्लामा कोरानो सङ्क्रमितका सङ्ख्यामा कमी आएको छ । यससँगै अस्पतालमा बिरामीका चापमा कमी आउँदा शय्यासमेत खाली हुन थालेका छन् ।
भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजमा आइतबार सङ्क्रमितका लागि छुट्याइएका शय्यामध्ये दुवैका ६९, वेस्टर्न अस्पताल १४ र युनाइटेड अस्पतालका १२ शय्या खाली रहेको जनाइएको छ । कोरोना नियन्त्रण तथा रोकथामका लागि जिल्ला प्रशासन कार्यालयद्वारा निषेधाज्ञा जारी भएपछि सङ्क्रमितको सङ्ख्यामा कमी आएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्