पछिल्लो २४ घण्टामा देशभर ८ हजार २०३ जनामा कोरोना संक्रमण पुष्टि, १९६ सङ्क्रमितको मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर ८ हजार २०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २० हजार २८६ नमुनाको पीसीआर परीक्षण गर्दा ८ हजार १३६ जना र ६९३ नमुनाको एन्टिजेन परीक्षण गर्दा ६७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका चार लाख ७२ हजार ३५४ बिरामी पुगेको छ । पछिल्लो चौबीस घण्टामा छ हजार ८९१ सङ्क्रमित कोरोनामुक्त भएका छन् । हालसम्म तीन लाख ५२ हजार ४१४ जना कोरोनामुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख १४ हजार ५२९ रहेको छ । उनीहरुमध्ये १ लाख ७ हजार ८२ जना होम आइसोलेसनमा रहेका छन् भने ७ हजार ४४७ जना संस्थागत आइसोलेसनमा छन् । यस्तै १ हजार ५९० जनाको आईसीयू र ३९० जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।  हाल ७५२ जना क्वारेन्टिनमा छन् ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १९६ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म पाँच हजार ४११ जना सङ्क्रमितको मृत्यु भएको छ । मन्त्रालयले कोरोनाबाट निको हुने दर ७४.६ प्रतिशत रहेको जनाएको छ । गत २४ घण्टामा थपिएका संक्रमितमध्ये २ हजार ६३५ जना काठमाडौं उपत्यकाका हुन् । जसमा काठमाडौंका २ हजार ४९, ललितपुरका ३६५ र भक्तपुरका २२१ जना छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्