कोरोना संक्रमित सांसदहरुले पनि मतदान गर्न पाउने

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत तयारी गरेका छन् । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । प्रधानमन्त्रीले आज संसदमा बोल्ने र त्यसपछि विश्वासको मतको प्रस्तावमा मतदान हुनेछ ।

प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीका अनुसार कोरोना संक्रमण देखिएका सांसदहरू पनि मतदानमा भाग लिन पाउने व्यवस्था गरिएको छ । प्रतिनिधि सभा बाहिर टेन्टमा मतदानको व्यवस्था मिलाइएको हो । सांसदहरूलाई हावा जाने खुला स्थानमा बस्ने व्यवस्था मिलाउने तयारी छ ।

प्रतिनिधि सभाका २६ सांसदलाई कोरोना देखिएको थियो । सांसदहरूले प्रधानमन्त्रीमाथि विश्वास छ कि छैन भन्ने मतमा हस्ताक्षर गरेर दिनेछन् । मतपत्रमा हुन्छ र हुन्न तथा मत दिन्न भन्ने व्यवस्था हुनेछ ।

प्रतिनिधि सभामा हाल २७१ सांसद छन् । प्रधानमन्त्री ओलीलाई पदमा कायम रहन १३६ मत भए पुग्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्