काठ दाउरामाथिको प्रतिबन्ध फुकुवा सम्बन्धी सरकारको निर्णयको बैजनाथ सामुदायिक वनद्वारा स्वागत

सांकेतिक तस्विर

कञ्चनपुर –  नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७७ साल जेठ १५ गतेको निर्णयले नेपाल भरका सम्पूर्ण वन क्षेत्रमा काठ दाउरा संकलन माथि लगाइएको प्रतिबन्ध फुकुवा भएको छ । विहिवार मन्त्रिपरिषद्को बैठकले उक्त प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो । उक्त निर्णयको कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं. ८ मा रहेको बैजनाथ सामुदायिक वन उपभोक्ता समुहले स्वागत गरेको छ ।

वनका अध्यक्ष बहादुर सिँह महराले एक विज्ञप्ती जारी गर्दै उक्त निर्णणको स्वागत तथा बधाई ज्ञापन गर्नुभएको छ । नेपाली जनताको दैनिक जीवनयापनसँग अभिन्न रुपले जोडिएको वन क्षेत्रमा गरिने क्रियाकलापहरु वन संरक्षण, सम्बद्र्धन, विकास र सुदपयोग अन्तर्गतको महत्वपूर्ण पक्ष काठ दाउरा संकलन सम्बन्धि वन क्षेत्रमा आश्रित लाखौँ उपभोक्ताहरुको जायद मागलाई सम्बोधन गरी नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र वन तथा वातावरण मन्त्रालयको तर्फबाट जिम्मेवार अभिभावको अभिभारा पूरा गरी नेपाल भरको वन क्षेत्रमा काठ, दाउरा संकलन माथि लगाईएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय भएकोमा प्रधानमन्त्री, वनमन्त्री प्रेम आले र कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्य नरबहादुर धामी लगायत प्रत्यक्ष, अप्रत्यक्ष सहयोग पु¥याउने सरोकारलाई निकायहरुमा बैजनाथ सामुदायिक वन उपभोक्ता समुहको तर्फबाट बधाई ज्ञापन गरेको छ ।

साथै विज्ञप्तीमा आगामी दिनमा वन तथा वातावरण संरक्षणको क्षेत्रमा बैजनाथ सामुदायिक वन उपभोक्ता समुहको तर्फबाट दृढतापूर्वक अगाडी बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्