नागार्जुनको स्वीचाटार स्वास्थ्य चौकीमा एन्टीजेन परीक्षणको सुभारम्भ, होल्डीङ सेन्टर स्थापना

कोभिड–१९ को दोस्रो लहर भेरियन्टले आक्रान्त बनाईरहेका बेला काठमाडौँको नागार्जुन नगरपालिकाले परीक्षणको दायारा बढाएको छ । नगरपालिकाले बिहिबार स्वीचाटार स्वास्थ्य चौकीमा एन्टीजेन परीक्षणको सुभारम्भ गर्नुभएको छ । नगर प्रमुख मोहन बस्नेतले एन्टीजेन परीक्षण ल्याबको सुभारम्भ गर्नुभएको हो । सुभारम्भ गर्दै प्रमुख बस्नेतले समेत कोरोना परीक्षण गर्नुभएको थियो । यसैगरी उप प्रमुख शुशीला अधिकारीले समेत कोरोना परिक्षण गर्नुभएको थियो । उहाँहरु सबैको रिपोर्ट नेगेटिभ आएको थियो । यसैगरी उपस्थित कर्मचारी, सञ्चारकर्मी लगायत अन्य स्थानीयहरुको परीक्षण समेत गरिएको थियो ।
यस्तै नगरपालिकाले स्वीचाटार स्वास्थ्य चौकीमा होल्डिङ सेन्टरको स्थापना गरेको छ । महिलाहरुका लागि छुट्टै कक्ष र पुरुषहरुका लागि छुट्टै कक्ष गरी होल्डिङ सेन्टरको स्थापना गरेको छ । कोभिड–१९ पोजिटिभ देखिएकाहरुका लागि होल्डिङ सेन्टर स्थापना गरेको र त्यहाँ बस्ने संक्रमितहरुको खाना, खाजा, बस्न, अन्य आवश्यक कोलगेट, लत्ताकपडा लगायतका सामग्रीहरुको समेत निशुल्क व्यवस्था गर्ने प्रमुख बस्नेतले बताउनुभयो ।
नगरपालिकाले शहरी विकास मन्त्रालय र नगरपालिकाको सहकार्यमा आइसोलुसन समेत स्थापना गर्ने भएको छ । मन्त्रालयले ३०० बेड र नगरपालिकाले ५० बेड गरी ३५० बेडको आइसोलुसन समेत स्थापना गर्ने भएको छ । नगरपालिकाले स्थानीयको लागी कोभिड–१९ पोजेटिभ आउने परिवारलाई सर्टिफिकेट पेश गरे तुरुन्त भपाई गरि ५००० नगद दिने समेत निर्णय गरेको छ ।
नगरपालिकाले कोभिड–१९ रोकथाम, नियन्त्रणका लागि पहल गर्दै आइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्