जोखिमयुक्त स्थानमा परीक्षण बढाउन स्थानीय तहहरुलाई अनुरोध

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोखिमयुक्त स्थानमा परीक्षण बढाउन स्थानीय तहहरुलाई अनुरोध गरेको छ । मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टमको बुधबार बसेको बैठकले जोखिमयुक्त स्थानमा कन्ट्याक्ट ट्रेसिङ गरी नमूना संकलन गर्न आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमका अनुसार घरमै गएर नमुना संकलनका लागि अनुमति समेत दिइएको छ । यसरी घरमै गएर नमुना संकलन गर्दा थप अधिकतम ५०० सय रुपैयाँ लिन सकिनेछ । यसका लागि आवश्यक मापदण्डको व्यवस्थापन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गर्ने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्