कोरोना बाट मृत्यु हुनेको संख्यामा दिनदिनै नयाँ रेकर्ड, मृत्यु हुनेको संख्या ३ हजार ४७५ पुग्यो

File Photo
File Photo

काठमाडौँ – नेपालमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्यामा दिनदिनै नयाँ रेकर्ड बनिरहेको छ ।

पछिल्लो २४ घन्टामा नेपालमा ५८ जनाको संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।यो संख्या दैनिक संक्रमणबाट मृत्यु हुने अहिलेसम्मकै उच्च हो । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ४७५ पुगेको छ ।

कोरोना संक्रमणबाट मंगलबार ५५ जनाको मृत्यु भएको थियो भने सोमबार ३७ जनाको मृत्यु भएको हो ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणको पनि अहिलेसम्मकै सर्वाधिक संक्रमित थपिएका हुन् । २१ हजार ३ सय ७२ जनामा कोरोना परीक्षण गर्दा ८ हजार ६ सय ५९ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार पिसिआरबाट ८६०५ र एन्टिजेन विधिबाट ५४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्