प्रधानमन्त्री ओली देउवालाई भेट्न बुढानिलकण्ठमा !

काठमाडौं – प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली काँग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका छन् । ओली आफू पक्षीय केही नेतासहित देउवासँग भेटवार्ता गर्न बूढानीलकण्ठ पुगेको देउवाको सचिवालयले जनाएको छ ।

मंगलबार साँझ काँग्रेस देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता माधव कुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवबीच छलफल भएको थियो । चार नेताहरु ओली इत्तर मोर्चाबन्दी निर्माणमा कसिएपछि बुधबार ओली भेटवार्ताका लागि देउवा निवासमै पुगेको बुझिएको छ । वैशाख २७ गते विश्वासको मत लिने निर्णयमा पुगेका ओली चार नेताको छलफलबाट झस्किएको पाइन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्