दार्चुलामा बुधबार थप २१ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

दार्चुला – दार्चुलामा बुधबार थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । लेकमका ६ जना, महाकालीका ८ जना, शैल्यशिखरका चार जना, खलंगा पुलघाटमा एक जना र अपिहिमालका दुई जना गरी२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो सँगै दार्चुलामा कोरोनाका संक्रिय संक्रमितको संख्या एक सय १७ पुगेको छ । स्वास्थ्य कार्यालयले ११७ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएपनि परीक्षण अभावमा जिल्लामा धेरै बढी संक्रमित समुदायमा हुनसक्ने भन्दै सचेतना तथा सतर्कता अपनाउन र स्वास्थ्य सुरक्षाका मापदण्डको अनिवार्य पालना गर्न अनुरोध गरेको छ ।

यसैबिच दार्चुलाको मार्मा गाउँपालिकामा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । बुधबार दिउँसो मार्माका ५१ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा लटिनाथमा ज्यान गएको मार्मा गाउँपालिकाका जनस्वास्थ्य शाखाले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्