आइसाेलेसनबाट अध्यक्ष शेर्पाको अपिल – ‘कोरोना गाउँमा फैलियो, केहि समय घर भित्रै बसेर सहयोग गरिदिनुहोस् ’

सिन्धुपाल्चोक – हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले गाउँ वस्तिमा कोरोना फैलिएकोमा चिन्ता व्यक्त गरेका छन् । अध्यक्ष शेर्पालाई कोरोना संक्रमण भएर विगत एक सातादेखि होम आइसोलेसनमा बसेका छन् । तर उनलाई गाउँ र बस्तिमा कोरोना फैलिएकोमा चिन्ता छ । भौतिक रूपमा गाउँ गाउँमा पुगेर जनताको सेवा दिन नसकेपनी आइसोलेसनबाटै गाउँपालिकाका अत्यावश्यक सेवा सुबिधामा अध्यक्ष शेर्पा उत्तिकै सक्रिय देखिएका छन् ।
मंगलबार सामाजिक संञ्जाल फेसबुकमार्फत अध्यक्ष शेर्पाले सबै गाउँबासीहरुलाई सचेत भएर बस्न पनि आग्रह गरेका छन् । उनले लेखेका छन्, ‘हेलम्बुमा कोरोनाको बिरामीहरुको संख्या हालसम्म २९ जनामा देखा परेको र म समेत गाउँपालिकाको कर्मचारी, बैंकको कर्मचारीहरु, प्रहरी र समुदाय स्तरमा समेत देखा परेको र गाउँ गाउँमा फैलिएको हुन सक्ने भएको हुँदा सबैलाई केहि समयको लागि घरभित्र नै बसेर सहयोग गरि दिनुहुन्न अनुरोध छ । केहि समस्या देखापरेमा गाउँपालिकाको स्वास्थ्यकर्मी साथिहरु सङ्ग सल्लाह लिनुस म आइसोलेसनमा भए नि सबैको स्वास्थ कसरी सुरक्षीत राख्ने भन्नेमा म चिन्तित छु अब छिटै काममा फर्किने छु । दिर्गरोगि हरुलाई गाउँपालिका बाट उपलब्ध हुने औसधि दिदै आएको हुँदा सबैले औसधि लिन नछुटाउनु होला।’

अध्यक्ष शेर्पाले आफुसँगै संक्रमित भएका गाउँपालिका कर्मचारी लगायत सबैको स्वास्थ स्थिति सामान्य रहेको पनि उनले जानकारी दिए ।

साथै उनले स्वास्थमा गम्भीर समस्या आउनासाथ तुरुन्तै गाउँपालिकामा खबर गर्न समेत अनुरोध गरेका छन् । उनले गाउँपालिकाका दिर्घरोगीहरुलाई गाउँपालिकाले निशुल्क उपलब्ध गराउँदै आएको औषधी नियमित रुपमा वितरण हुँदैआएको पनि जानकारी गराएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्