हेलम्बु गाउँपालिकामा पनि निषेधाज्ञा जारी, बजार तथा यातायातका साधन ठप्प

विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरसले देश आक्रान्त बनिरहेका बेला अधिकांश जिल्लाहरुमा आज निशेधाज्ञा लागु गरिएको छ । भाईरसले बिकराल रुप लिएपछि यसलाई रोकथाम तथा नियन्त्रण गर्न अधिकांश ठाउँमा लकडाउन गरिएको छ ।
यसैगरी सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा पनि निषेधाज्ञा जारी रहेको छ । निशेधाज्ञामा सुरक्षाकर्मीहरु खटिएर कडाईका साथ लागु गरेको छ । यस अवधिमा अत्यावश्यकका सवारी साधन बाहेक अन्य यातायातका साधनहरु बन्द गरिएको छन् । यसैगरी स्वास्थ्य तथा खाद्यान्नका पसलहरु बाहेक अन्य पसलहरु समेत बन्द गरिएका छन् । अनुमति बिना प्रवेश समेत निशेष गरिएको छ ।
कारोना रोकथाम तथा नियन्त्रणका लागि गाउँपालिकाले सक्दो पहल गरिरहको गाउँपालिकाका अध्यक्ष निर्मा ग्याल्जेन शेर्पाले बताउनुभयो । यसलाई सामान्य रुपमा नलिई यसतर्फ सजक भई आफु पनि बच्न र अरुलाई पनि बच्न समेत गाउँपालिकाबासीहरुलाई अध्यक्ष शेर्पाले अपिल गर्नुभएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्