बिद्युत तथा सञ्चार सेवामा जाेडियो कञ्चनपुरको खल्ला, मच्छेट्टी तथा टुडिखेल

कञ्चनपुर – सञ्चार सुविधा तथा विद्युत सेवाबाट लामो समयदेखि बञ्चित रहेका कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं. ९ का स्थानीय दुबै सुविधाबाट लाभान्वित भएका छन् ।
विद्युत र सञ्चार बिहिनको अवस्थामा जीवन बिताइरहनु भएका भीमदत्त नगरपालिका वडा न ९ खल्ला, टुडिखेल र मच्छेट्टीका बासिन्दाहरुले २ महिना अगाडी अन्धकारबाट मुक्त भए संगै मंगलबारबाट सन्चारको सुविधा प्राप्त गरेका छन । विद्युत र सञ्चारको सुविधाबाट बन्चित हुनु परिरहेको अवस्थाबाटलाई मध्यनजर गर्दै खल्ला, टुडिखेल र मच्छेट्टीका बासिन्दाहरुलाइ मुक्त गराउनका लागि भीमदत्त नगरपालिकाले पहल गरिरहेको र आज उक्त कुराले सार्थकता पाएको भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले बताउनुभयो ।
प्रतिनिधि सभा सदस्य डा. दिपक प्रकाश भट्ट, प्रतिनिधि सभाका सदस्य निरु पाल, प्रदेश सभाका सदस्य प्रकाश रावल लगायतले उक्त समस्या सामाधान गर्न विशेष भूमिका खेलेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्