अक्सिजन सिलिन्डर आयातमा सहजीकरण गर्न माग

कोरोना सन्त्रास बढ्दै गए आवश्यक पर्ने अक्सिजनको आपूर्ति प्रणालीमा समस्या आउने भन्दै अक्सिजन उत्पादक कम्पनीका सञ्चालकले तत्काल सिलिन्डर आयातमा सरकारी सहजीकरणको माग गरेका छन् । अक्सिजन नेपालमै उत्पादन हुने भए पनि भर्नका लागि आवश्यक पर्ने सिलिन्डर भारत र चीनबाट आयात हुने गरेकाले तत्काल आवश्यक पर्दा समस्या नहुने गरी समयमै सिलिन्डर आयातमा सहजीकरणको माग गरेका हुन् ।

सामान्य अवस्थामै अस्पताल र व्यक्तिले घरमा होल्ड गरेका सिलिन्डरका कारण अभाव देखिन थालिसकेको उनीहरूको दाबी छ । अक्सिजन सिलिन्डर अभाव हुनसक्ने सङ्केत देखापरेको भन्दै उनीहरूले आयातमा भन्सार सहुलियतसहित सहजीकरण गरिदिन आग्रह गरेका छन् ।आजको गोरखापत्र दैनिकमा समाचार छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्