दार्चुलाको कुणी, कुसकाँडा क्षेत्रमा बृहत खानेपानी आयोजना सञ्चालनका लागि बोलपत्र आह्वान

खानेपानीका मुल नहुदा घण्टौँ लगाएर पानी बोक्नुपर्ने कुणी, कुसकाँडा क्षेत्रका स्थानीयको बाध्यताको अन्त्य हुने भएको छ ।
यसैकुरालाई मध्यनजर गर्दै कुणी, कुसकाँडा क्षेत्रमा बृहत खानेपानी आयोजना सञ्चालनका लागि बोलपत्र आह्वान गरिएको छ ।
चमेलिया नदीबाट लिफ्ट गरी खानेपानी पुर्याउन जलवायु अनुकुलित बृहत खानेपानी आयोजना निर्माणको लागि वैशाख ३ गते बोलपत्र (टेण्डर) आह्वान गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिँह ठगुन्नाका स्वकीय सचिव दौलतसिंह ठगुन्नाले सामाजिक सञ्जालबाट जानकारी दिनुभएको छ ।

यो आयोजना सम्पन्न भएपछि लेकम गाउँपालिका वडा नम्बर २ सहित छिमेकी वडाहरुका झण्डै १३ सय घरधुरी खानेपानी आयोजनाबाट लाभाबिंत हुने बताइएको छ । खानेपानीको चरम अभाव भोगिरहेका लेकम गाउँपालिका वडा नम्बर २ कुणी, कुसकाडा लगायत विभिन्न बस्तीमा खानेपानी पुर्याउन लागु भएको चमेलिया लिफ्टीङ खानेपानी आयोजना निर्माणमा विवाद भएपछि स्थगित भएको थियो । टेण्डर आह्वान भइसकेकोले स्थानीयहरुले सहयोग गरे निर्धारित समयमै खानेपानी आयोजना निर्माण सम्पन्न हुने संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कञ्चनपुरले जनाएको छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्