सङ्क्रमण बढे पनि तत्काललाई कुनै क्षेत्र बन्द नहुने

FILE PHOTO

काठमाण्डौ – कोरोनाको सङ्क्रमण बढे पनि तत्काललाई कुनै पनि क्षेत्र बन्द नहुने भएको छ ।

हिजो बसेको मन्त्रिपरिषद् बैठकले तत्काललाई शैक्षिक संस्था लगायत कुनै पनि क्षेत्र बन्द नगर्ने निर्णय गरेको हो । तर, कोरोना रोकथाम तथा नियन्त्रणका लागि भने स्वास्थ्यका नयाँ मापदण्ड बनाएर पालनामा कडाइ गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिनुभयो ।

नयाँ मापदण्ड आज सार्वजनिक गर्ने सरकारको तयारी छ । यसअघि कोभिड सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीले बालबालिकामा कोरोनाको सङ्क्रमण बढेको भन्दै केही समयका लागि विद्यालय बन्द गर्न प्रस्ताव गरेको थियो । तर, मन्त्रिपरिषद्को बैठकले भने तत्काल कुनै पनि क्षेत्र बन्द गर्नु नै अन्तिम उपाय नभएको भन्दै नयाँ मापदण्डमा कडाइ गर्ने निर्णय गरेको हो ।

तर, अवस्था र परिस्थिति हेरेर थप निर्णय भने गर्ने सरकारको तयारी छ । नेपालमा यूके भेरियन्ट फैलिएको र यसबाट बालबालिका धेरै प्रभावित हुन थालेका डाक्टरले बताउँदै आएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्