उत्पादित वस्तुको बजारीकरणका लागि सरकारले अध्ययन शुरु गरेको छ : मन्त्री अर्याल

मुस्ताङ – कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले कृषि उत्पादनको बजारीकरणका लागि सरकाररे शुरु गरेको बताउनु भएको छ । हिमालपारीको जिल्ला मुस्ताङमा रहेको प्रधानमन्त्री कृषि आधुनिकिरण कार्यक्रम अन्तरगत स्याउ जोन मुस्ताङले जिल्ला भित्रका कृषकहरुलाई हाइब्रीड स्याउका बिरुवा वितरण गर्ने कार्यक्रमको आज (सोमबार) शुभारम्भ गर्दै मन्त्री अर्यालले त्यस्तो बताउनुभएको हो ।
स्याउको नर्सरी बनाउनका लागि बजेट तथा कार्यक्रम स्वीकृत भै सकेकोले आगामी दिनमा स्याउ कृषकलाई बिरुवाको अभाव नखड्कीने मन्त्री अर्यालले बताउनुभयो । जिल्ला भित्रका प्रतिनिधिहरुले आफ्नो भूमिका उत्कृष्ट तवरले निर्वाह गरेको बताउँदै मन्त्री अर्यालले आगामी दिनमा जिल्ला कृषि तथा पशुपंक्षीको उत्पादकत्व बढाउने कार्यका लागि आफ्नो उपस्थिति र भूमिका मजबुत बनाउन आग्रह गर्नुभयो ।
जोमसोममा स्याउका बिरुवा कृषकलाई हस्तान्तरण गरेर कृषिमन्त्री अर्यालले विरुवा वितरण कार्यक्रमको शुभारम्भ गर्नुभएको हो । स्याउ जोन जोमसोमले युरोपियन मुलुक इटालीबाट ल्याएर हाइडेन्सीटी स्याउका बिरुवा वितरण गर्न लागेको स्याउ जोनका वरिष्ठ कृषि अधिकृत सुधीर थापाले बताउनुभयो । ९ हजार २ सय ३० बिरुवा वितरण गर्ने योजना अनुरुप पहिलो चरणमा सोमबार ६ हजार २ सय ४० विरुवा वितरण गर्न लागिएको वरिष्ठ अधिकृत थापाले बताउनुभयो ।
जिल्ला भित्रका विभिन्न १५ वटा सहकारी तथा समूहले स्याउका बिरुवा माग गरेकोले स्याउ जोन मुस्ताङ मार्फत गोल्डेन डेलिसियस, गाला, फुजी र रेड डेलिसियस जातका बिरुवा ल्याएर बितरण गरिएको हो । नेपालमा बिरुवा उत्पादन नभएको हुनाले हाइडेन्सीटी स्याउ एक मिटरको दुरीमा लगाउन मिल्ने र उत्पादन बढी दिने भएकाले पनि मुस्ताङमा यो स्याउ उत्कृष्ट हुने थापाले बताउनुभयो ।
संघिय सरकारको बजेट अनुरुप ५० प्रतिशत अनुदानमा वितरण गरिएको उक्त स्याउको बिरुवा जोमसोम आइपुग्दा प्रतिबोट एक हजार १ सय ७० रुपैंया खर्च लागेको छ । संघिय सरकारको बजेटमा मुस्ताङ जिल्ला भित्र २ करोड ६० लाखमा स्याउको बिरुवा वितरण, नर्सरी, साना सिंचाई लगायतका कार्यक्रम सञ्चालन हुने प्रधानमन्त्री कृषि आधुनिकिरण कार्यक्रम अन्तरगत स्याउ जोन मुस्ताङका बरिष्ठ कृषि अधिकृत शुधिर थापाले बताउनुभयो ।

 

REED

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्