दार्चुलाको महाकालीमा कमिसनको खेल, किन रोकियो खलंगा बजारमा गमला राख्ने कार्यक्रम ?

दार्चुला – जिल्लाको सदरमुकाम खलंगा तथा महाकाली नगरपालिकाको नगरपालिका केन्द्र समेत रहेको बजार क्षेत्रभित्र सजावट गर्ने कार्यक्रम तय भयो । सडक पेटी छेउछाउमा फूल रोप्ने भनेर गमलाको मूल्याकंन समेत गरियो । मूल्याकंनमा गमला तथा गमला स्टेन्ड ३० केजीसम्मको रहने भनेर निर्णय गरियो । उक्त कार्यक्रम लागु गर्न नगरपालिका सक्रिय रह्यो । जनप्रतिनिधि तथा कर्मचारीहरुले लापरवाहि गर्ने कामको समेत सुरुवात हुन थाल्यो । एक स्थानीयका अनुुसार नगर प्रमुख आफ्नो मान्छेलाई उक्त कार्यको जिम्मेवारी दिन कटिबद्ध भएर जुटे । प्राविधिक मूल्यांकनमा गमला तथा स्टेन्ड ३० केजीको राख्ने भनिएतापनि गमला ७ केजीको निर्माण हुन थाल्यो । यसबाट प्रष्ट हुन्छ कि कतिसम्म कमिसनको खेल हुने रहेछ्  भनेर । ७ केजीको गमला स्टेन्ड निर्माण गरि फूलहरु रोप्ने र ३० केजीको मूल्याकंनका आधारमा भुक्तानी गरि कमिसन बाँडफाँड गर्ने योजना सफल हुन सकेन् ।
यस विषयमा स्थानीयहरु एकजुट भएर उक्त कार्यको विरोध गर्न थाले । स्थानीयको बिरोधले समेत नरोकिने भएपछि सोहि बिषयलाई लिएर अदालतमा मुद्दा समेत प¥यो । त्यसपछि स्थानीयले मूल्याकंनको आधारमा तोकिएको ढाँचा अनि तौलमा गमला राखि बजार सजावट गर्न अनुरोध गरेपछि अहिले उक्त शिर्षकको बजेट नै हटाएर अन्य क्षेत्रमा लगाएको स्थानीयको आरोप छ ।
बजार व्यवस्थापनमा समेत चुकेको नगरपालिका सजावट गर्ने भनेर गमला राख्ने कार्यक्रमबाट पछि हटेको छ । यी यस्ता गतिबिधिले पछिल्लो समय दार्चुलाको महाकाली नगरपालिका विवादमा मुछिदै आएको छ । यस्तै महाकाली नगरपालिकाले महाकाली तटबन्ध वरिपरि गरेको बृक्षारोपण कार्यक्रमको प्रतिफल समेत शून्य भएपछि स्थानीय आक्रोशित बन्न पुगेको छन् । लाखौँ रुपैयाँ खर्च गरेर गरेको बृक्षारोपण पश्चात बोटहरु नै नभएपछि स्थानीयले नगरपालिकाको ध्यानाकर्षण गराएका छन् ।

REED

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्