अत्तरीयाबाट दार्चुलाका लागि छुटेको जीप बैतडीमा दुर्घटनाग्रस्त​

बैतडी- बैतडीमा बोलेरो जीप दुर्घटना भएको छ। मंगलबार बिहान साढे ५ बजेतिर जीप दुर्घटना हुँदा जीप साहु समेत रहेका दार्चुलाको अपिहिमाल ५ का जनकसिंह धामीको बाँया हातमा चोट लागेको छ।

अत्तरीयाबाट दार्चुलाका लागि छुटेको भे १ च ३५११ नम्बरको जीप महाकाली लोकमार्ग अन्तर्गत बैतडीको दोगडाकेदार गाउँपालिका ३ सिल्लेगडा नजिकै दुर्घटनामा परेको हो।

जीपमा सवार अन्य दुईजना भने समान्य घाइते भएका छन्। दार्चुलाको अपिहिमाल ५ का चालक विरेन्द्र धामी भने फरार रहेका प्रहरीले जनाएको छ। उनको खोजी भइरहेको बताइएको छ। ब्रेक फेल भएर जीप दुर्घटना भएको बैतडी प्रहरीले जनाएको छ।

दिनेश खबरबाट 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्