सरकार–विप्लव समूहबीच वार्ता प्रयास सकारात्मकः कांग्रेस

काठमाडौं– नेपाली कांग्रेसले सरकार र नेत्रविक्रम चन्द विप्लव समूहले वार्तामार्फत समस्या समाधान गर्नका लागि वार्ता समिति गठन गरेकोमा खुसी व्यक्त गरेको छ ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ती जारी गर्दै सबै समस्याको समाधान वार्ता, सम्वादबाट गर्नु पर्ने मान्यतामा कांग्रेस दृढ रहेको बताउनुभएको छ । कांग्रेसले दुवै पक्षलाई इमान्दारपूर्वक वार्ताबाट समाधानमा पुग्न उसले आग्रह समेत गरेको छ ।

‘सरकार र विप्लव समूहले इमान्दारीपूर्वक बहुलवादमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक, संसदीय शासन प्रणालीको परिधिभित्र रही समाधान खोज्ने छन् भन्ने नेपाली कांग्रेसले विश्वास लिएको छ,’ विज्ञप्तीमा भनिएको छ ।

REED

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्