नयाँ दिल्लीको पार्कमा नेपाली युवकको शव फेला

सांकेतिक तस्बिर

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीस्थित एउटा पार्कमा नेपाली युवकको शव फेला परेको छ । भारतीय समाचार एजेन्सी ‘इन्डो–एसियन न्यूज सर्भिस’ले जनाएअनुसार मृतक युवकको नाम दिपेश थापा हो । २४ वर्षीय थापाको शव स्थानीय पार्कको एउटा रुखमा झुण्डिएको अवस्थामा बुधबार फेला परेको उक्त समाचार एजेन्सीले जनाएको छ ।

दिपेश नेपाली नागरिक रहेको उल्लेख गरिए पनि उनको ठेगाना खुलाइएको छैन । चिराग दिल्लीको रामलीला पार्कमा एउटा रुखमा झुण्डिएको अवस्थामा दिपेशको शव फेला परेको जनाइएको छ ।

दिल्ली प्रहरीका एक अधिकारीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएअनुसार उनी चिराग दिल्लीमै मःमः बेच्ने गर्दथे । मंगलबार साँझ करिब ७ बजे दिपेशलाई उनका साथीहरुले देखेको तर त्यसपछि उनी कहाँ गएका थिए भन्ने पत्तो लाग्न नसकेको प्रहरीको भनाइ छ ।

प्रहरीले दिपेशको शवलाई पोस्टमार्टमका लागि पठाएको जनाइएको छ ।

स्रोत : हिन्दीन्युज

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्