कडा सुरक्षाका साथ पोखराबाट काठमाडौँका लागि १० वटा माइक्रोबस छुटे

काठमाडौँ – पोखराबाट काठमाडौँका लागि १० वटा माइक्रोबस छुटेका छन् । नेकपा प्रचण्ड–नेपाल समुहले आयोजना गरेको आमहड्तालका दिन ती माइक्रोबस पोखराबाट यात्रु बोकेर काठमाडौंका लागि छुटेका हुन् । राजमार्गमा प्रहरीले कडा सुरक्षा दिएको छ । अहिले ति बसहरु कास्कीबाट कटिसकेको प्रहरीले जनाएको छ । बन्दका कारण अहिलेसम्म कुनै अप्रिय घटना हुन नपाएको कास्की प्रहरीले जनाएको छ ।

बन्दका कारण पोखरा बजार र सडक बन्द छन् । तरकारी तथा फलफूल, पानी, दुध, इन्धनलगायत अत्यावश्यक सेवाका सवारी र पसल भने खुला नै छन् ।

बन्दमा अप्रिय घटना हुन नदिने अन्य दिनभन्दा धेरै प्रहरी परिचालन गरेको डिएसपी हमालले बताए । कास्की जिल्लामा मात्रै ६३५ बढी प्रहरी परिचालन गरेको उनले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्