जुम्लामा भएको आगलागिबाट ३० घर ७० पशुचौपाया जलेर नष्ट, राहात र पुनर्स्थापनाको तयारी

जुम्ला – जुम्लाको तिला गाउँपालिका ७ पोख्रीको गोठीगाउँमा ३० घर जलेर नष्ट भएको छ ।
मंगलवार राति ७ बजे आगलागी भएको र घटनास्थल सदरमुकामबाट ४२ किलोमिटर निकै दुर्गम क्षेत्र भएकाले समयमै सुरक्षा निकाय त्यहाँ पुग्न ढिला भएको र स्थानीयले आगो नियन्त्रण गर्न नसकेपछि बस्ती नै खरानी भएको स्थानीयले जनाएका छन् ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख माधवप्रसाद काफ्लेका अनुसार ३० घर सहित १७ गाई, २३ गोरु र ३० भेडाबाख्रासहित ७० पशुचौपाया पनि जलेर नष्ट भएका छन् । घटनास्थलमा नेपाल प्रहरी सशस्त्र प्रहरी पुगिसकेको र क्षतिको विवरण थप आउन बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।

२०७७ माघ १३ गते राती ७ बजे तिला गाउँपालिकाको उक्त गुठी भन्ने गाउँमा अचानक आगलागी भएको र त्यहाँ पुगको प्रहरीले ३० घर जलेको जानकारी गरेको छ । त्यस गाउँका जम्मा ५५ बढि घरमध्ये दुईवडा वाडा ३० घर जलेर नष्ट भएका छन् ।

चुलोबाट सल्किएको आशंका
स्थानीय परवहादुर रोकायाका अनुसार सुधारिएको चुलाको पाइपबाट छतमा भएको घासमा आगो सल्केको अनुमान गरिएको बताउनुभयो । गाउँभरी सरेको आगो निभाउन नसकिएको र टुलटुलु हेर्नु वाहेक केही उपाय नलागेको उहाँले गुनासो पोख्नुभयो । गाउँलेले हर प्रयास गरे तर काठका छत भएका घर भएकाले आगो निभाउन नसकिएको बताइएको छ ।
एकै गाउँका धेरै घर जलेर नष्ट भएपछि राहात र पुनस्र्थापनका बिषयमा जिल्लामा तयारी भइरहेको छ । प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाको नेतृत्वमा वैठक बसेर छलफल भइरहेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्