युवकको हत्याको विरोध गर्दै बझाङको सदरमुकाम चैनपुरमा प्रदर्शन, हत्या आरोपमा वडा अध्यक्ष सहित ४ जना पक्राउ

बझाङ – बझाङको छबिसपाथिभेरा गाउँपालिका– ३ का अमृत सिंहको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै जिल्ला सदरमुकाम चैनपुरमा प्रदर्शन गरिएको छ ।
मंगलबार बन्नीचौर माध्यमिक विद्यालयको व्यवस्थापन समितिको चुनाव सकेर घर फर्किने क्रममा ती युवकको विभत्स हत्या गरिएको थियो ।

घटनाको विरोध गर्दै नेपाल विद्यार्थी संघ तथा स्थानीयले नाराजुलुससहित सदरमुकाम बन्द गरेका छन् । प्रदर्शनकारीहरुले नेकपाका नेता तथा कार्यकर्ताले सुनियोजित रुपमा सिंहको हत्या गरेको भन्दै कारवाहीको माग गरेका छन् ।
अहिले प्रहरीले बल प्रयोग गरेर प्रदर्शनकारीहरुलाई तितरबितर गरेको छ ।

अमृत सिंह हत्या प्रकरणमा वडाध्यक्षसहित थप ३ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा छबिसपाथिभेरा गाउँपालिका–२ का वडाध्यक्ष विकास ऐडी, उनका भाइ नाता पर्ने प्रकाश ऐडी र सोही ठाउँका केदार ऐडी रहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई थलारा गाउँपालिकाबाट पक्राउ गरिएका हो । सिंहको हत्या गरेको आरोपमा छबिसपाथिभेरा–२ का ज्ञानबहादुर कडायत भने मंगलबार नै पक्राउ परिसकेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्