नव-निर्वाचित राष्ट्रपति बाइडेनलाई सत्ता हस्तान्तरण गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको प्रतिवद्धता

काठमाण्डौ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नव-निर्वाचित राष्ट्रपति जो बाइडेनलाई शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
उहाँले वाशिङ्टनमा रहेको संसद भवन (क्यापिटल)भित्र आफ्ना समर्थकहरुले गरेको हिंसात्मक प्रदर्शनको २४ घण्टापछि बिहीबार एक भिडियो सन्देशमार्फत शान्तिपूर्ण रुपमा बाइडेनलाई सत्ता सुम्पिने बताउनु भएको हो । प्रतिवद्धतासँगै ट्रम्पले अन्ततः गएको नोभेम्बरमा भएको निर्वाचनमा जो बाइडनको जितलाई स्वीकार गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्