शैल्यशिखर नगरले नेपाल विद्युत् प्राधिकरणबाट पाउनु पर्ने रोयल्टी पाएन, बत्ति मुनिको अध्यारोमा जनता

दार्चुला – शैल्यशिखर नगरपालिकाले विद्युत प्राधिकरणबाट पाउनुपर्ने रोयल्टी पाएको छैन । शैल्यशिखर नगरपालिका भित्र २ वटा जल विद्युत आयोजनाहरु भएपनि नगरपालिकाले नेपाल विद्युत प्राधिकरणबाट पाउनुपर्ने रोयल्टी अहिले सम्म नपाएको नगर प्रमुख अमरसिंह धामीले बताउनुभयो । उपहार खबरसँगको कुराकानीमा प्रमुख धामीले चमेलिया जलविद्युत आयोजना र अपि हाईड्रो पावर शैल्यशिखर नगरपालिका भित्रै पर्ने भएपनि प्राधिकरण अहिलेसम्म रोयल्टी नदिएको गुनासो गर्नुभयो । विद्युत प्राधिकरणले दिनुपर्ने रोयल्टी पाएपछि नगरपालिकाको आर्थिक पक्ष सबल हुनुका साथै नगरबासीहरुका अपेक्षा पुरा गर्न सजिलो हुने तर्क गर्नुभयो ।

नगर भित्र २ वटा जलविद्युत आयोजना भए पनि जनताहरुले बत्तिमुनिको अध्यारोमा बस्नुपर्ने बाध्यता रहेको उहाँको भनाई छ । यद्यपी नगरपालिकाले माघ महिना भित्र नगर क्षेत्रमा विद्युत विस्तार गरिसक्ने लक्ष्य लिएको प्रमुख धामीले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्