सुदूरपश्चिममा ओली समुह कमजोर, ५ जिल्लामा पदाधिकारी विहिन (सूची सहित)

काठमाडाैँ – सुदूरपश्चिम प्रदेशका ५ जिल्लामा ओली समूह पदाधिकारीविहीन बनेको छ । सुदूरपश्चिमका ९ जिल्लाबाट पाँचजना मात्रै पदाधिकारी ओली समुहमा छन् । चार जिल्ला अध्यक्ष र एक सचिवमात्रै ओली समूहमा लागेका हुन् ।

७६ वटै जिल्लामा पदाधिकारी रहेको प्रचण्ड र माधव समूह यो प्रदेशको एउटा जिल्लामा भने पदाधिकारीविहीन छ । बाजुराका अध्यक्ष कालीबहादुर शाही र सचिव भरत बुढा दुबै ओली समूहमा लागेकाले प्रचण्ड र माधव नेपाल समूह यो जिल्लामा पदाधिकारीविहीन बनेको हो । दार्चुलामा पनि ओली समुह पदाधिकारी विहिन बनेको छ । तर दार्चुलाबाट निर्वाचित सांसद गणेशसिंह ठगुन्ना भने क्याविनेट मन्त्रि बनेका छन् । मन्त्री ठगुन्ना ओली समुहमा भए पनि उनको गृह जिल्ला ओली समुहमा पदाधिकारी विहिन बनेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्