आगामी तीन दिनको मौसम पूर्वानुमानः शनिबार र आइतबार हिमपातको सम्भावना

File Photo

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार आज देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

आज शुक्रबार दिउँसो प्रदेश १ र सुदूरपश्चिम प्रदेश का पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ भने राति प्रदेश १ , कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भूभाग साथै सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
यस्तै शनिवार लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली, प्रदेश न २ मा आंशिक बदली रहनुको साथै गण्डकी प्रदेश तथा प्रदेश १ का पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । यस्तै सुदूरपश्चिम प्रदेशका उच्च हिमाली भूभागमा हल्का हिमपात र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा हल्का बर्षाको समेत सम्भावना रहेको छ । भने शनिवार राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ । यस्तै आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशका उच्च हिमाली भूभागमा हल्का हिमपातको साथै पहाडी भूभागहरुका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ भने राति देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशका उच्च हिमाली भू भागमा हल्का हिमपातको साथै पहाडी भूभागहरुका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्