आम लोकतन्त्रप्रेमी नेपालीलाई युथ डेमोक्रेटिक फोरम सु.प प्रदेश संयोजक सुरज ऐर को अपिल

“केपि ओलि नेतृत्वको सरकार पुर्ण रुपमा असफल भएको छ ,बिश्वब्यापी रुपमा फैलिएको कोरोना महामारिमा देश गुजि्ररहेको अबस्थामा देशलाई यस महामारी बाट कसरी जोगाउने ,जनतालाई कसरी सुरक्षीत बनाउने ,आउदै गरेको खोप ब्यबस्थापन तर्जुमा लाग्ने बेलामा संसद बिधट्न गरि लोकतन्त्रमाथि ठाडो प्रहार गरेको छ, जुन कुरा असंवैधानिक ,सर्बसत्ताबादी ,अनैतिक ,अराजनैतिक, निन्दा योग्य छ । देशको मुहार फेर्छु ,सुखी नेपाल सम्वृद्व नेपाल बनाउछु भन्ने झुटा नाराका साथ ल्याएको दुई तिहाई बहुमको खिल्ली उडाएको छ ।

नेपाल एक स्वतन्त्रता ,सार्बभौमसत्ता ,स्वाधीनता भएको मुलुक लाई अन्धकार ,राजनैतिक अस्थिरता तिर लैजाने प्रधानमन्त्री र रास्ट्रपति ज्युको जुन प्रयास गर्नु भएको छ यो एकदमै गलछ छ । बिगत सात दसक देखि लोकतान्त्रिक योद्धाहरुले बगाउनु भएको रगत र बलिदान बाट प्राप्त लोकतान्त्रिक व्यवस्थालाई जोगाउनका निम्ति आम लोकतन्त्रप्रेमी नेपाली आमाबुवा,दाजुभाई, दिदिबहिनी एक ढिक्का भएर सरकारलाई खबरदारी गराउन सबै ले आ-आफ्नो क्षेत्र लाग्न निम्ति सादर अनुरोध गर्द्छु ।”

सुरज ऐर [संयोजक]

सु.प प्रदेश

युथ डेमोक्रेटिक फोरम

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्