कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

कैलाली- कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

टीकापुर नगरपालिका १ मा से ४ प ६५६५ नम्बरको मोटरसाइकल अनियन्त्रित मोटरसाइकलमा सवार बर्दोगोरीया गाउँपालिका६ का ४६ वर्षीय रमेश बिस्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । दुर्घटनामा गम्भीर घाइते भएका बिस्टको उपचारको क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते रहेका बिस्टलाई टीकापुर अस्पतालबाट थप उपचारको लागि कोहलपुर रेफर गरेको र कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्