सोह्रखुट्टेमा ग्यास सिलिण्डर विस्फोट हुँदा ११ जना घाइते

काठमाण्डौ– काठमाण्डौको सोह्रखुट्टेमा खाना पकाउने एलपी ग्यास सिलिण्डर विस्फोट हुँदा ११ जना घाइते भएका छन् ।
नीलकुमारी क्षेत्रीको तीन तले घरको पहिलो तलामा ग्यास सिलिण्डर विस्फोट भएको प्रहरीले जनाएको छ । घाइते ११ जनामध्ये केहीको अवस्था गम्भीर रहेको छ । विस्फोटपछि घरमा आगलागीसमेत भएको थियो ।
ग्यास सिलिण्डर विस्फोटबाट वरपरका सात वटा घरका सिसा फुटेका र भित्ता चर्किएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्