दार्चुलाका ८ स्थानीय तहमा पाचँ बेडको कोभिड–१९ अस्थायी अस्पताल निर्माण हुने

गणेशसिंह धामी
दार्चुला – दार्चुला जिल्लाका ८ वटा स्थानीय तहमा पाचँ बेडको कोभिड अस्थायी अस्पताल निर्माण हुने भएका छन । कोभिड– १९ सङ्क्रमित बिरामीको उपचारका लागि सरकारले सबै स्थानीय तहलाई पाँच बेडको अस्थायी अस्पताल बनाउन पत्राचार गरेपछि दार्चुलाका आठ स्थानीय तहमा कोभिड–१९ अस्थायी अस्पताल निर्माण हुने भएको हो ।

कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष सञ्चालक समितिको आइतबार बसेको ११ औं बैठकले अस्पताल नभएका स्थानीय तहमा अस्थायी अस्पताल निर्माण गर्नका लागि बजेट समेत पठाएको छ ।

अस्थायी अस्पताल निर्माणका लागि कोष तथा लेखा नियन्त्रण कार्यालय मार्फत प्रत्येक स्थानीय तहमा १० लाखका दरले बजेट निकासा भएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । कोरोना रोकथाम, नियन्त्रण तथाअ उपचार कोषबाट बजेट खर्च हुने भएको छ ।

कोषले प्रतिशैया २ लाख रुपैयाँका दरले तोकिएका स्थानीय तहमा १० लाख रुपैयाँ निकासा गरेको छ । त्यस्तै स्थानीय तहले तीन महिनाका लागि पाँच बेडमा पाँच लाख, औषधिका लागि ५० हजार तथा चकित्सक, नर्स र कार्यालय सहयोगीको पारिश्रमिक बाफत चार लाख ५० हजार रुपैँया खर्च गर्न पाउने व्यवस्था गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्