राजनीतिक भागबन्डा मिलेपछि तीन विश्वविद्यालयमा उपकुलपति नियुक्त

kf]v/fsf] 9'+u]kf6gdf /x]sf] kf]v/f ljZjljBfnosf] s]Gb|Lo sfof{no . tl:a/ M bLks kl/of/÷sflGtk'/

काठमाडौँ – सरकारले तीन विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेको छ ।

पोखरा विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डाक्टर प्रेमनारायण अर्याल नियुक्त भएका छन् । अर्यालले बुधबार नियुक्ति बुझेका हुन् ।

नेपाल संस्कृत विश्वविद्यालयमा प्राध्यापक डाक्टर यादवप्रकाश लामिछाने र कृषि तथा वन विज्ञान विश्वविद्यालयमा प्राध्यापक डाक्टर पुण्यप्रसाद रेग्मीलाई उपकुलपति नियुक्त गरिएको हो । पोखरा विश्वविद्यालयमा उपकुलपति बनेका अर्याल नेपाली कांग्रेस निकट हुन् ।

संस्कृत विश्वविद्यालयका उपकुलपति लामिछाने सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली निकट हुन् ।

कृषि तथा वन विज्ञानका उपकुलपति बनेका रेग्मी पनि नेकपा निकट हुन्। उनी नेकपा अध्यक्ष पुष्पकमल दाहाल निकट छन् । यी तीन विश्वविद्यालयमा एक वर्षदेखि उपकुलपति रिक्त थियो ।

उपकुलपतिहरू नियुक्तिमा पनि सत्ता र प्रतिपक्षबीच भागबन्डा मिलेपछि नियुक्ति भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्