समाजवादी ट्रेड युनियन महासंघ नेपाल : राष्ट्रिय राजनीतिमा युवाहरूको भुमिका

मुकेश कुशवहा – समाजवादी ट्रेड युनियन महासंघ नेपाल केन्द्रीय युवा विभागद्वारा आयोजित राष्ट्रिय राजनीतिमा युवाहरूको भुमिका विषयक विचारविमर्श कार्यक्रम काठमाडौ चाबहिल सुकेधारा स्थित युनिभर्सल क्याफेमा सम्पन्न भएको छ । बुधबार आयोजित  कार्यक्रममा जनता समाजवादी केन्द्रीय सदस्य तथा वाग्मती प्रदेशका अध्यक्ष सोनम सिं स्याङतान (विजय) ले राष्ट्रिय राजनीति भित्रको विकृति, विसंगतिाका कारण देशको सचेत युवाहरु निराश भएको र अबको वैकल्पिक राजनीतिक शक्ति भनेकै जनता समाजवादी पार्टी हो भन्नुभएको थियोे । त्यसैगरी समाजवादी ट्रेड युनियन महासंघका अध्यक्ष तथा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य नवराज दाहाल ले आफ्नो मन्तव्यको क्रममा मजदुर संगठनको इतिहास र राणा शासन, राजतन्त्र, बहुदलीय प्रजातन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्र सम्म आउदा हरेक राजनीतिक क्रान्तिमा मजदुरहरूले ठुलो भुमिका खेलेको र त्यही राजनीतिक पार्टीका नेताहरू सत्तामा पुगेपछि मजदुरलाई बिर्सिने गरेको र अब युवाहरु जुरमुराउने समय आएको कुरा मन्तव्य क्रममा राख्नुभएको थियो । कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य दावा लामा जनता समाजवादी पार्टीका वाग्मती प्रदेशका सदस्य ठाकुर पोखरेल काठमाडौ जिल्ला सचिव समाजवादी ट्रेड युनियन महासंघ नेपालका केन्द्रीय महासचिव केशवराज अधिकारी लगायतका केन्द्रीय समितिका टिमको उपस्थिति रहेको थियो । कार्यक्रमको सभापतित्व राम बहादुर गोलेले गर्नु थियोे भने कार्यक्रम सञ्चालन महासंघ वरिष्ठ उपाध्यक्ष मोलम लामाले गर्नुभएको थियो ।।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्