म लाटो अनि आवाज विहिनको लागि लेख्छु…….

नबराज आचार्य

म लाटो अनि आवाज बिहीनका लागि लेख्छु
हरेक दिन आजादी र स्वाधिनका लागि लेख्छु
चोट ठक्कर खाएर त्यो किबोर्ड पनि भन्दो हो कि – २
अब टाइपरको लागि हैन म मेशिनको लागि लेख्छु
म लाटो अनि आवाज विहीनका लागि लेख्छु
हरेक दिन आजादी र स्वाधिनका लागि लेख्छु

आँखाले देखेको त जस्ले नि जान्दछ अनि मान्दछ पनि – २
परिकल्पना आदर्श तर्क तथ्य नवीनका लागि लेख्छु
म लाटो अनि आवाज विहीनका लागि लेख्छु
हरेक दिन आजादी र स्वाधिनका लागि लेख्छु।।
तपाईं दिनरात कर्म गरेर मरेको मज्दुर किसानलाई सोध्नुस – २
छाती फुलाएर ऊ भन्नेछ म अँझै बाझो जमिनको लागि लेख्छु
म लाटो अनि आवाज विहीनका लागि लेख्छु
हरेक दिन आजादी र स्वाधिनका लागि लेख्छु।।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्