व्यक्तिगत तथा राजनीतिक तिक्तताको आशय झल्कने भ्रामक समाचार सम्प्रेषण गरेको भन्दै जिससको आपत्ति

सुशील सुवेदी, सिन्धुपाल्चोक

नदीजन्य सामाग्री उत्खनन् र बिक्रीसँग  जिल्ला समन्वयलाई जोडिएको प्रति जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले आपत्ती जनाएको छ । समन्वय समितिले आज एक विज्ञप्ति जारी गर्दै नियम बिपरीत नदीजन्य पदार्थ उत्खनन् तथा बिक्रीमा भएका अनियमित गतिविधि रोक्न निर्माण गरेको नीति अनुरुप नियमनकारी भूमिकामा समन्वय समितिले नियमन गरिरहेको अवस्थामा ब्यक्तिगत तथा राजनीतिक तिक्तताको आशय झल्कने गरी निती बिपरीत काम गरेको भनी समन्वयात्मक भूमिकामा रहेको संस्थामा लगाईएको आरोप खेदपूर्ण भएको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘पछिल्ला केही दिन यता नदीजन्य बस्तु तथा सामाग्री उत्खनन् तथा बिक्रीसँग जोडिएर केही बिद्युतीय संचारले जिल्ला समन्वयसँग जोडिएर गरेको प्रचार प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । नियम बिपरीत नदीजन्य पदार्थ उत्खनन् तथा बिक्रीमा भएका अनियमित गतिविधि रोक्न निर्माण गरेको नीति अनुरुप नियमनकारी भूमिकामा समन्वय समितिले नियमन गरिरहेको अवस्थामा ब्यक्तिगत तथा राजनीतिक तिक्तताको आशय झल्कने गरी निती बिपरीत काम गरेको भनी समन्वयात्मक भूमिकामा रहेको संस्थामा लगाईएको आरोप खेदपूर्ण छ ।

पछिल्लो समय कोरोना संक्रमण रोक्न र बाढी पहिरोबाट आक्रान्त जिल्लालाई सुरक्षित बसोबास मिलाउन सिङगो स्थानीय सरकार, राजनैतिक नेतृत्व र कर्मचारी संयन्त्र परिचालित भएको अवस्थामा ब्यक्तिगत तथा राजनीतिक आशय प्रष्ट झल्कने गरी नकारात्मक मानसिकतामा केन्द्रित केही संचारकर्मी र संचार संस्था प्रयोग हुनुले सिङगो जिल्लाका आम नागरिकमा निराशा पैदा भएको सहज अनुमान गर्न सकिने र यस प्रकारको गलत समाचार सम्प्रेषण गरि आमजनतामाझ भ्रम सिर्जना गर्ने र ब्यक्तिको मानहानी गर्ने कार्य नगर्न सचेत गर्दै सत्यतथ्य सामाचार सम्प्रेषण गरि स्वच्छ र निष्पक्ष पत्रकारिताको मर्म,भावना र बिश्वासलाई कायम राख्न समेत अनुरोध विज्ञप्ति मार्फत गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्