पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं– नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४० हजार नाघेको छ । मंगलबार मात्रै १ हजार ६९ जना थपिएसँगै नेपालमा कोरोना कोरोना संक्रमितको संख्या ४० हजार ५ सय २९ पुगेको छ ।

१२ हजार ८८ जनाको कोरोना पीसीआर परीक्षण गर्दा १ हजार ६९ जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मंगलबार प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा ४ सय ८१ जना संक्रमित भएका छन् । काठमाडौंमा ३ सय ९३, भक्तपुरमा ३० र ललितपुरमा ५८ जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा ७ सय ८८ डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या २२ हजार १ सय ७८ रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्