दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणः रुखको विवरण निकाल्ने कार्य सुरु

बारा – बारामा बन्न लागेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रभित्र रहेका रुख विरुवाको गणना सुरु भएको छ ।

विमानस्थल निर्माण गर्दा ठूलो संख्यामा रुख काटिने हल्ला र विवादलाई चिर्न भन्दै वन मन्त्रालयले रुख विरुवाको एकिन तथ्याङ्क निकाल्न लागेको हो । विमानस्थल निर्माण स्थालले चर्चेको करिव ८ हजार हेक्टर मध्य अहिले १९ सय हेक्टर क्षेत्रको गणना गर्न डिभिजन वन कार्यालय बारालाई पत्राचार गरेपछि रुखको गणना र ट्याग गर्ने कार्य सुरु गरेको हो ।

बिमानस्थल निर्माणको लागि सरकारले छुट्याएको ८ हजार ४५ हेक्टर भुभाग मध्ये वन कार्यालय बाराले जिपिएस प्रणाली मार्फत पहिलो चरणमा १९ सय हेक्टर भित्र रहेका रुखहरुको गणना गरिरहेको छ । १९ सय हेक्टर वन क्षेत्रलाई १२ क्लष्टरमा विभाजन गरी कार्य थालनी गरेको डिभिजन वन कार्यालय बाराले जनाएको छ । पहिलो क्लष्टरको गणना गर्ने कार्य सकिएको छ । पहिलो क्लष्टरको करिव ९८ हेक्टर क्षेत्रफलमा गणना सकिदा २७ हजार ५ सय ३३ को संख्यामा पोल र रुख रहेको गणनामा खटिएका वन प्राविधिक दिवस चन्दले बताउनुभयो ।

उहाँले अहिलेसम्म ३० हजार ६ सय पोल र रुखहरुमा नम्बर प्लेट लगाइसकेको र जसमध्ये अधिकांश साल प्रजातिका रुखहरु भएको जानकारी दिनुभयो । वन प्राविधिक सहित १७ जनाको टोलिले करिव एक महिना देखि रुखको गणना गर्ने कार्य गर्दै आइरहेको छ ।

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निमार्णको काम अगाडि बढाउन मन्त्रिपरिषद्ले निर्णय गरेमा रुख र पोलको संख्या यकिन गर्न यो तथ्याकं काम लाग्ने डिभिजन वन कार्यालय बाराले जनाएको छ । यसको मुख्य उद्देश्य प्रस्तावित दोस्रो अन्तराष्ट्रिय बिमानस्थल क्षेत्रमा २४र२५ लाख रुखहरु काटिने भनेर गलत प्रचार भएकोले वास्तवमै यो क्षेत्रभित्र रुख र पोलको सख्या कति छ भनेर प्रमाणित गर्न गणना सुरु गरिएको हो ।

विमानस्थलको विषय सर्वोच्च अदालतमा विचाराधिन भएकोले अदालतले पनि रुख र पोलको संख्या कति छ भनेर तथ्यांक मागेमा त्यसका लागि यकिन तथ्याकं दिन काम लाग्ने डिभिजन वन कार्यालयका प्रमुख मंजुर अहमतले बताउनुभयो । यस अघि विमानस्थल निर्माण क्षेत्रलाई तारवार लगाउने, पश्चिम तर्फको पसाह खोलामा तटबन्द र केही मात्रामा मुआब्जा समेत बितरण गरी सकेको दोश्रो अन्तराष्ट्रिय विमानस्थल कार्यालय सिमराले जनाएको छ ।

नेपाल टेलिभिजनबाट

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्