दुई अध्यक्षबीच बालुवाटारमा वार्ता जारी, महासचिव र दुई स्थायी कमिटी सदस्य सहभागी

FILE PHOTO

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष कपी शर्मा ओली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा वार्ता जारी छ । दुई अध्यक्षबीच साउन २० गतेपछि पहिलो पटक वार्ता भएको हो ।

पार्टीमा देखिएको विवाद सल्टाउन प्रयास स्वरुप अध्यक्ष प्रचण्ड प्रधानमन्त्री तथा अर्का अध्यक्ष ओलीलाई भेट्न दिउँसो ११ः१५ मा बालुवाटार पुग्नुभएको हो । प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईंका अनुसार वार्तामा दुई अध्यक्षबाहेक महासचिव विष्णु पौडेल र स्थायी कमिटीका सदस्यहरू शङ्कर पोखरेल र जनार्दन शर्माको पनि सहभागिता छ । यसअघि साउन २० गते दुई अध्यक्षबीच वार्ता भएको थियो ।

साउन २१ गते बिहानका लागि तय भएको वार्ता हुन नसकेपछि आज नौ दिनपछि दुई अध्यक्षबीच वार्ता भइरहेको छ । यसबीचमा आफ्ना पक्षीय बैठक र छलफल जारी राख्नुभएका दुवै अध्यक्षले सहमतिको प्रयास सकारात्मकरुपमा अगाडि बढिरहेको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले बुधबार एक मिडियामा अन्तरवार्ता दिनुहुँदै पाँच दिनभित्र पार्टीको आन्तरिक विवाद सल्टिने जानकारी गराउनुभएको थियो । पार्टीभित्र देखिएको विवाद सल्टाउन दोस्रो तहका नेताहरू गम्भीर गृहकार्यमा रहनुभएको पार्टी स्रोतले बताउने गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्