दुम्सी खोज्न दुलोमा पस्दा ढुङ्गाले च्यापिएर एक जना शिक्षकको ज्यान गयाे

दैलेख – दुम्सी खोज्न दुलोमा पस्दा ढुङ्गाले च्यापिएर दैलेखमा एक जना जनाको ज्यान गएको छ । नारायण नगरपालिका ११ विन्ध्यवासिनीका ३२ वर्षीय रेशमबहादुर विष्टको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

विन्ध्यवासिनीको जुफिया चौवारी भन्ने ठाउँमा दुम्सी लुक्ने दुलोभित्र पसेको बेला माथिबाट खसेको ढुङ्गाले च्यापिएर उहाँको घटनास्थलमै ज्यान गएको हो । दुलोभित्र गइसकेपछि माथिबाट माटो खस्न थालेपछि दुलोमा पसेका अर्का खड्कबहादुर विष्टले भने बाहिर निस्किएर ज्यान जोगाएको प्रहरीले जनाएको छ ।

दुलोभित्रै च्यापिएको डेढ घण्टापछि स्थानीय र लोहोरे प्रहरी चौकीका सुरक्षाकर्मीले मृतकको शव बाहिर निकालेका थिए । मृतकको शव पोस्टमार्टमको लागि दैलेख जिल्ला अस्पताल पठाइएको छ ।

मृतक रेशमबहादुर विष्ट नौमूले गाउँपालिका ७ को पैतीमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय डाँडागाउँमा प्राथमिक तहको स्थायी शिक्षकको रुपमा अध्यापन गर्दै आउनुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्